‘रेफ्रीलाई सिंहलाई जस्तै संरक्षण’

आइतबार, १० पुष २०७३, ०१ : ०९ शुक्रवार , Kathmandu
‘रेफ्रीलाई सिंहलाई जस्तै संरक्षण’

रेफ्रीलाई चिडियाखानाको सिंहलाई जस्तै संरक्षण गर्ने गरिएको आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आरोप लगाएका छन् । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतवार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएपछि वेंगरले रेफ्रीको आलोचना गरेका हुन् । रेफ्रीको गलत निर्णयका कारण आफ्नो टिम पराजित भएको उनले दाबी पनि गरे । यो खेलमा थियो वालकोटको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।
दोस्रो हाफ आफूहरूका लागि घातक बनेको र रेफ्रीका कारण आफ्नो टिम अन्यायमा परेको प्रशिक्षक वेंगरले बताए । म्यानचेस्टर सिटीका लिरोय सेनले बराबरी गोल फर्काए । तर, रिप्लेमा सेन अफसाइड रहेको स्पष्ट देखिएको वेंगरको भनाइ छ । सिटीका रहिम स्टर्लिङले विजयी गोल गर्ने बेलामा डेभिड सिल्भा अफसाइड पोजिसनमा रहेको प्रशिक्षक वेंगरको भनाइ छ ।
‘यस्तो अवस्थामा खेलको नतिजा स्वीकार गर्न निकै कठिन हुन्छ,’ वेंगरले भने, ‘तर के गर्नु, सबैलाई थाहा भएकै कुरा हो, रेफ्रीलाई चिडियाखानामा रहेका सिंहलाई जस्तै संरक्षण दिइएको छ ।’ रेफ्रीको निर्णयविरुद्ध केही गर्न सक्ने अवस्था नरहेको र त्यसलाई स्वीकार गर्नुको विकल्प पनि नभएको उनको भनाइ छ ।

Leave A Comment