निम्बसको व्यञ्जन तेल

शनिबार, ०९ पुष २०७३, ०२ : ०० शुक्रवार , Kathmandu
निम्बसको व्यञ्जन तेल

निम्बसले नयाँ ब्रान्ड ‘व्यञ्जन’ अन्तर्गत सूर्यमुखी र तोरीको तेल बजारमा ल्याएको छ । एक र दुई लिटरको बोतल तथा एक÷एक लिटरको पाउचमा उपलब्ध हुने सूर्यमुखी तेलको मूल्य १ सय ९० र एक लिटर तोरी तेलको मूल्य दुई सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर निर्धारण गरी उत्पादन गरेको दाबी गर्दै कम्पनीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने जनाएको छ । कम्पनीले बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटभन्दा भिन्न छ । वीरगञ्जमा ५५ करोड लगानीमा स्थापित उद्योगमा एक सय कर्मचारी कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ । उद्योगले दैनिक एक सय टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने क्षमता रहेको जनाएको छ ।

 

Leave A Comment