स्काइप भिडियो कल अनुवाद

शनिबार, ०९ पुष २०७३, ०१ : १५ शुक्रवार , Kathmandu
स्काइप भिडियो कल अनुवाद

इन्टरनेटको दुनियाँमा स्काइपलाई भिडियो कलिङको ‘बादशाह’ मानिन्छ । निजीदेखि व्यावसायिक कलका लागि यो एप लोकप्रिय छ । पछिल्ला दुईतीन वर्षमा ह्वाट्स एपले आफ्नो जबर्जस्त बजार विस्तार गरिरहेको छ । भिडियो कलको सुविधा दिने एपबीच तीव्र प्रतिस्पर्धा भइरहँदा नयाँनयाँ फिचर उनीहरूले दिन थालेका छन् । यहीबीच स्काइपले ‘लाइभ कल ट्रान्सलेसनको’ सुविधा ल्याएको हो ।
इपले दुई वर्षको प्रयासपछि यो सम्भव भएको जनाएको छ । यो नयाँ फिचरअनुसार स्काइप ट्रान्सलेटरले तपाईंको कुराकानी रेकर्ड गर्नेछ र तपाईंलाई चाहिएको भाषामा अनुवाद गर्नेछ । तर, यसका लागि केही सेकेन्ड भने लाग्नेछ । अहिले नौ भाषामा यो सुविधा उपलब्ध गराइएको छ । जसमा अंग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनिज, इटालियन, पुर्तगाली, अरबी र रसियन भाषा सामेल छन् । 

Leave A Comment