नागरिकको क्रिसमस कन्सर्ट

शनिबार, ०९ पुष २०७३, ०१ : ११ शुक्रवार , Kathmandu
नागरिकको क्रिसमस कन्सर्ट

संसारभरि छरिएर रहेका इसाई समुदायले भव्यतापूर्वक क्रिसमस मनाउने तयारी गरिरहँदा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् । क्रिसमस विशेष कार्यक्रममा कलाकारहरूले सहभागिता जनाउने छन् ।
पछिल्लो समय चर्चामा रहेका गायक÷संगीतकार कालीप्रसाद बास्कोटाले देशका झन्डै आधा दर्जन सोमा आफ्नो प्रस्तुति रहने बताएका छन् । उनले  ललितपुरको जावलाखेलको फुटबल मैदानमा रुस्लान भोड्का र जोपो मोबाइलले संयुक्त रूपमा आयोजना गर्ने कन्सर्टमा विशेष प्रस्तुति दिनेछन् । नागरिक दैनिकको प्रस्तुति रहेको रुस्लान म्युजिक एन्ड फुड फेस्टिभलमा आफ्ना चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने र क्रिसमसको शुभकामना व्यक्त गर्ने बास्कोटाले बताए ।
गायक तथा संगीतकार अल्मोडाले पनि यो वर्ष क्रिसमस विशेष कार्यक्रममा भाग लिने बताएका छन् । दर्शकको उपस्थिति र मागलाई सम्बोधन गर्ने बताउँदै अल्मोडाले भने, ‘‘पानी प¥यो’ गीत अवश्य गाउँछु ।’
बास्कोटा र अल्मोडाजस्तै सुगम पोख्रेल, सविन राईलगायत कलाकारले पनि क्रिसमस विशेष विभिन्न सोमा सहभागिता जनाउने भएका छन् । ब्यान्ड १९७४ एडीले विशेष प्रस्तुति दिनेछ ।
निःशुल्क प्रवेश गर्न पाइने कन्सर्टमा खाना महोत्सव र बच्चाहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेलसमेत समावेश गरिनेछ ।

Leave A Comment