लिंगको आकारले यौन सन्तुष्टिमा फरक पार्दैन

शनिबार, ०९ पुष २०७३, १२ : ५६ शुक्रवार , Kathmandu
लिंगको आकारले यौन सन्तुष्टिमा फरक पार्दैन

२५ वर्षिय अविवाहित पुरुष हुँ । मेरो लिंग सानो छ । सानो लिंग हुनेहरूले यौनपार्टनरलाई यौन सन्तुष्टि दिन सक्दैनन् भन्ने सुनेको छु । लिंगको आकार बढाउने कुनै उपाय छ कि ? सानो लिंग हुनेहरूले आफ्नो पार्टनरलाई कसरी सन्तुष्ट बनाउन सक्छन् ?
कमल

तपाईंले आफ्नो लिंग सानो छ भन्नुभयो तर प्रश्नमा साइज उल्लेख गर्नुभएको छैन । त्यसैले तपाईंको लिंग सानै हो वा तपाईंलाई मात्र सानो लागेको हो, त्यसको निधो गर्न सकिएन । जे भए पनि पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ । अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू । अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च  र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाइएको छ । यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष–महिलाबीचको प्रेममय क्रीडामा भर पर्छ ।
लिंगको आकार ठूलो हँुदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेका थिए । अनुसन्धानबाट यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने पत्ता लागेको थियो । लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् ।

अहिले मानिसहरू धेरैभन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन् । कति त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन् । सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधिसमेत प्रयोग गर्छन् ।
बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन् । तीमध्ये पम्पहरू बढी प्रचलित छन् । तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । नत्र यसले लिंगलाई चोट पु¥याउन सक्छ ।
लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ । ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ । लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ । त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो ।
लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो । महिलाको सुन्दर जीउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन । न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ । सम्भोग एक कला हो । सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ । हतार–हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ । सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ । लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो । यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन । पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिनसके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । पार्टनरलाई चरर्मोत्कर्षमा पु¥याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ । उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन् ।

 

Leave A Comment