कंगनालाई सन्तानको रहर

शनिबार, ०९ पुष २०७३, १२ : ५३ शुक्रवार , Kathmandu
कंगनालाई सन्तानको रहर

बलिउड अभिनेत्री कंगना रनोट विद्रोही स्वभावकी छिन् । किशोर अवस्थामा बाबुसँग विद्रोह गरेर फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले अब अर्को विद्रोह गर्ने मनसाय बनाएकी छिन् । अविवाहित उनी अब आमा बन्ने तरखरमा छिन् ।
‘३० वर्षको छेउछाउ पुगेपछि महिलाभित्रको मातृत्वभाव उर्लिंदो रहेछ । अहिले मलाई त्यस्तै भइरहेको छ । मलाई सन्तान जन्माउने रहर जागेको छ,’ उनले भनिन् ।
अविवाहित अवस्थामै बच्चा पाउने धोकोबारे कुरा गर्नु अनौठो सुनिए पनि आफूले यसलाई त्यति वास्ता नगरेको उनले बताइन् । ‘मेरो मनमा यस्तो भावना पलायो र यसबारे नढाँटी बताएँ,’ एउटा अन्तर्वार्तामा उनले भनिन् ।

Leave A Comment