लायक मान्छे खोजिरहेकी वाणी

शुक्रबार, ०८ पुष २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
लायक मान्छे खोजिरहेकी वाणी

भर्खरै बलिउडमा पाइला राखेकी अभिनेत्री वाणी कपुरले बलिउडमा करिअरसँगै आफ्ना लागि लायक युवकको खोजी सुरु गरेकी छिन् । ‘बेफिक्रे’ फिल्मबाट हालसालै बलिउडमा डेब्यू गरेकी उनले जीवनलाई भने त्यति बेफिक्री ढंगले चलाउने मनसाय नरहेको उल्लेख गरेकी छिन् ।
‘खास गरी, आफ्नो प्रेम र वैवाहिक जीवनप्रति म पूरै बेफिक्री छैन । लायक मानिसको पर्खाइमा छु म,’ उनले भनिन् । कस्तोखालको युवक तपाईंलाई मन पर्छ भनि गरिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘जीवनमा हरेक कुराप्रति गहिरो लगाव भएको व्यक्ति मलाई मन पर्छ । ऊ बफादार होस्, धोकाधाडी नगर्नेखालको होस् र म भनेपछि हुरुक्क होस् । त्यस्तो युवक फेला परेमा म पनि उप्रति हुरुक्क हुनेछु,’ उनले भनिन् ।

 

Leave A Comment