योमरी उत्सवमा सुमन

शुक्रबार, ०८ पुष २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
योमरी उत्सवमा सुमन

नेवारी कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धरानमा आयोजित पाँचौँ योमरी सांस्कृतिक तथा पर्यटन उत्सवमा गायक सुमन श्रेष्ठ (संगम)ले  गायन प्रस्तुति दिएका छन् । नेवार युवाहरूको संस्था नेवा ल्याय्म्ह पुच धरानले आयोजना गरेको उत्सवमा सुमनले ‘एकनजर’, ‘झ्याईं पार्ने सुर’, ‘हामी साथीसाथी’ लगायत आधा दर्जन गीत प्रस्तुत गरे ।
उत्सवमा नेवारी परिकार योमरी विशेष आकर्षणका रूपमा रहेको थियो । कार्यक्रममा धराने माइला, विशाल राई लगायतले गीत प्रस्तुत गरे भने गरिमा डान्स सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरे । युवापुस्ता आधुनिकताका नाममा बाहिरी संस्कृतिबाट प्रभावित भइरहेका बेला नेवार समुदायका युवालाई आफ्नो संस्कार संस्कृतिप्रति आकर्षित गराउन हरेक वर्ष योमरी उत्सव आयोजना गर्ने गरिएको पुचका अध्यक्ष दीपेश श्रेष्ठले बताए ।

 

Leave A Comment