छथरसम्बन्धी भ्रम

शुक्रबार, ०८ पुष २०७३, ११ : ०० प्रा. दिनेशराज पन्त , Kathmandu
छथरसम्बन्धी भ्रम

वि.सं. १६१६ मा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्दा मुख्य रूपमा सहयोग गर्ने पाँडे, पन्त, अज्र्याल, खनाल, राना, बोहरा थरका मानिस थिए । यिनै थर पछि छथर कहलिए । छथरमा नअटाएका थरलाई पनि त्यसभित्र पार्न बाह्रथर, अठारथर, चौबीसथरको पनि पछि कल्पना भयो । यो कुरा सबैलाई थाहा छ र धेरै ठाउँमा लेखिएको पनि छ । वि.सं. २०४३ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास दोस्रो भागका ४०९, ४२९ पृष्ठमा, वि.सं. २०४५ मा दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास तेस्रो भागको ८७९ पृष्ठमा तथा वि.सं. २०५० मा दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास चौथो भागका ९६९–९७० पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको पनि छ । यसो भए तापनि कहिलेकहीँ यस विषयमा अशुद्ध कुरा लेखिएको पनि पाइन्छ । यसको पछिल्लो उदाहरणको रूपमा ललितपुरबाट हिमाल मिडिया प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ पौष ३–९ गतेको हिमाल ५१९ पूर्णाङ्कमा छापिएको ज्ञानमणि नेपालको नेपाललाई अँचेटिराख्ने दाउ भन्ने लेखमा गोरखाका राजा रामशाहले छथरी भारदार (अर्जेल, पाँडे, पन्त, खस, मगर र गुरुङ) को बलियो समूह बनाई अनेकौं थितिबन्दोबस्त बाँधेर नाम मात्र चलाएनन् हिमाली साम्राज्यको चक्रवर्ती (गिरिराजचक्रचूडामणि) बन्ने महŒवाकांक्षा पनि जगाए (हिमालको १० पृ.) भनी लेखिएकोलाई देखाउनु पर्याप्त होला ।

  

Leave A Comment