महिला उद्यमी महासंघलाई गोल्ड अवार्ड

बिहिबार, ०७ पुष २०७३, ११ : २७ शुक्रवार , Kathmandu
महिला उद्यमी महासंघलाई गोल्ड अवार्ड

नेपाल महिला उद्यमी महासंघ (एफविन) डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६बाट पुरस्कृत भएको छ । इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसिएसन (आईपीएमए), पोल्यान्डले हरेक वर्ष प्रदान गर्ने  सर्वोकृष्ट गोल्ड अवार्ड महासंघले पाएको हो । यसै साता राजधानीमा आयोजित एक कार्यक्रममा आईपीएमएका अध्यक्ष रेइनहार्ड वाग्नरले महासंघका अध्यक्ष भवानी राणालाई सो अवार्ड हस्तान्त्रण गरेका थिए । आईपीएमए सन् १९६५ मा स्थापना भएको विश्वको पहिलो प्रोजेक्ट म्यानेजमेन्ट संस्था हो । महासंघले आईएलओसँग मिलेर महिला उद्यमशीलता बढाउन काम गरेको थियो । महासंघसँगै यो अवार्ड मेक्सिको र युनाइटेड अरब इमिरेट्सले पाएका छन् ।

Leave A Comment