आमा बनिन् करिना

बिहिबार, ०७ पुष २०७३, ११ : १८ शुक्रवार , Kathmandu
आमा बनिन् करिना

बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छिन् । मंगलवार बिहान उनले छोरो जन्माएकी छिन् । छोराको नाम तैमुर अली खान पटौदी राखिएको छ । यसअघि छोराको नाम सैफिना राखिने अड्कल काटिएको थियो । करिना गर्भवती हुनासाथ पति तथा अभिनेता सैफ अली खानले भनेका थिए, ‘यो बच्चाले मेरो र करिनाको सम्बन्धलाई पूर्ण बनाउनेछ ।’ तैमुर सैफका तेस्रो सन्तान हुन् । पहिलो पत्नी अमृता र सैफबाट एक छोरी सारा र छोरा इब्राहिम छन् ।
सैफकी बहिनी तथा अभिनेत्री सोहा अली खानले ट्वीट गरेकी छिन्, ‘हाम्रो परिवार खुशी छ । तैमुर अली खान पटौदी सुन्दर छन् र आमा–छोरा दुवै स्वस्थ छन् ।’ करिनाकी दिदी तथा अभिनेत्री करिश्माले सैफ दम्पतीलाई सबैभन्दा पहिले बधाई दिएकी थिइन् । उनले इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यस बच्चाका कारण म गौरवान्वित भएकी छु ।’
बलिउड फिल्म जगतका विभिन्न हस्तीले सैफ र करिनालाई बधाई दिएका छन् ।

 

Leave A Comment