दीपको ‘दर्पण’

बिहिबार, ०७ पुष २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
दीपको ‘दर्पण’

गीतकार दीप दर्पणको पहिलो गीति एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ । बिहीवार काठमाडौँस्थित प्रज्ञा–प्रतिष्ठानमा एक कार्यक्रमबीच गीतकार दिनेश अधिकारीले एल्बम सार्वजनिक गरे । एल्बममा सात वटा आधुनिक गीत समावेश छन् । ‘मैलेभन्दा माया गर्ने’, फुल्नुभन्दा त’, ‘तिमी जुन दिन टाढा’ लगायत बोलका गीत छन् । अञ्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, दीपक लिम्बू, माण्डवी त्रिपाठी, श्रेयसी चेम्जोङ र अंकित न्यौपानेले एल्बममा स्वर दिएका छन् भने राजकुमार बगर, सन्तोष श्रेष्ठ र हरि डाँगीको संगीत छ । ‘फुल्नुभन्दा त’ गीतको म्युजिक भिडियो पनि बनेको छ, जसलाई संगीत बस्यालले निर्देशन गरेका छन् ।

पवनको ‘साइनो’
गायक पवन थिङको नयाँ एल्बम ‘साइनो’मा समावेश ‘साइनो’ बोलको पपगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा गायक थिङकै शब्द र प्रेम गुरुङको संगीत रहेको छ । फणीन्द्र राई गीतका संगीत संयोजक हुन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा गायक थिङ र मोडल एलिशा राईले अभिनय गरेका छन् ।

मोहनको ‘अरूले जेसुकै ठाने पनि’
गायक मोहन राईको ‘अरूले जेसुकै ठाने पनि’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत उनको ‘कस्तोे सपना’ एल्बममा समावेश हुनेछ । नव सिलवालले लेखेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । डब्बु क्षत्रीले निर्देशन गरेको गीतको भिडियोमा विमलेश अधिकारी, सारिका घिमिरे र कुमार मर्हजन फिचरिङमा छन् ।

आङ गेलुको ‘घर मेरो सोलु’
गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह ‘घर मेरो सोलु’ सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई गायक लाक्पा शेर्पाले सार्वजनिक गरेका थिए । उक्त गीतमा रोज मोक्तानको शब्द र संगीत रहेको छ भने म्युजिक भिडियोमा रञ्जिता गुरुङले अभिनय गरेकी छिन् ।

 

 

Leave A Comment