मनोनयनपछि मख्ख

बुधबार, ०६ पुष २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
मनोनयनपछि मख्ख

गायिका बियोन्स हिजोआज मख्ख छिन् । संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘ग्य्रामी अवार्ड’ आउने दिन नजिकिँदै छ । अवार्डका विभिन्न विधामा उनको नाम मनोनयन भएपछि उनी मख्ख परेकी हुन् ।

‘बियोन्सको नाम ‘रेकर्ड अफ दी इयर’, ‘सङ अफ दी इयर’, ‘एल्बम अफ दी इयर’लगायत विधामा मनोनीत भएको छ । ड्राक, रिहाना र कान्ये वेस्टजस्ता उम्दा गायकगायिकालाई पनि उनले मनोनयनको सवालमा पछि पारिदिएकी छिन् । त्यही भएर उनी अचाक्ली खुशी छिन्,’ समाचारमा भनिएको छ । बियोन्सले यसअघि २० वटा ग्य्रामी अवार्ड जितिसकेकी छिन् ।

 

Leave A Comment