हाँसोको भाँजो

सोमबार, ०४ पुष २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
हाँसोको भाँजो

हलिउड अभिनेत्री जेनिफर अनिस्टन फिल्म सेटमा खितखिताउँदै हाँसेपछि एउटा भिडियोको छायांकन प्रभावित भएको छ । गत साता उनले ‘अफिस क्रिसमस पार्टी’ नाम गरेको भिडियोका लागि केही दृश्य छायांकन गर्नु थियो । क्रिसमस नजिकिँदै गरेकाले चाँडै भिडियो तयार पर्ने योजना थियो ।
भिडियोमा अनिस्टनले एउटा कम्पनीकी सीईओको भूमिका निर्वाह गर्नु थियो । तर, छायांकन सुरु के भएको थियो, अनिस्टन खितखित हाँस्न थालिन् । जसले गर्दा छायांकन प्रभावित भयो ।
‘जेनिफर त्यसरी हाँसेपछि फिल्म सेटका सबै हाँसे । किन त्यसरी हाँस्नुभएको भनी सोध्दा उनले त्यहाँ रहेका अन्य मानिसले आफूलाई हँसाएको बताइन् । त्यहाँ उपस्थित सबैले रमाइलो गर्दै हाँसे । यसरी हाँस्दा समय निकै बितिसकेको थियो,’ समाचारमा भनिएको छ ।

Leave A Comment