निद्रा लागेन ? यसो गर्नुस्

सोमबार, ०४ पुष २०७३, ०९ : १० शुक्रवार , Kathmandu
निद्रा लागेन ? यसो गर्नुस्

मनमा कुरा खेल्ने, चिन्ता र तनावलगायत कारणले कतिपयलाई निद्रा नलाग्ने समस्याले सताउँछ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसन, मोटोपनजस्ता समस्या उत्पन्न हुने गर्छन् । छिट्टै निदाउन यसो गर्नुहोस्ः

चिया पिउने समय बदल्ने
दिउँसो दुई बजेपछि चिया र कफीजस्ता केफिनयुक्त पेय पिउन छोड्नुपर्छ । राति खाना खाएर अथवा सुत्नअघि चिया, कफी आदि खाने बानी छ भने त्यो बानी चटक्कै छोड्नुपर्छ । किनकि, यस्ता पेयमा पाइने केफिनले व्यक्तिलाई निदाउन दिँदैन ।

राति हलुका खानेकुरा खाने
राति पेट टन्न हुने गरी खाने गरेमा निद्रा ढिलो पर्छ । रातिको खानामा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खाएमा मीठो निद्रा लाग्छ ।
 
सुत्नुअघि मदिरा नखाने
निद्रा लागोस् भनेर सुत्नुअघि मदिरा पिउने गर्नुभएको छ भने त्यो बानी सुधारिहाल्नुस् । मदिरा पिएपछि निद्रा लाग्छ तर एक पटक बिउँझिएपछि पुनः निदाउन गाह्रो पर्छ । मदिरा खाने बानी भएकाले सुत्नुभन्दा दुई घण्टाअघि पिउनु तुलनात्मक रूपमा राम्रो हुन्छ ।

बढी मदिरा नखाने
मस्त निदाउन बढी मदिरा पिउने गर्नुभएको छ भने आजैदेखि त्यो बानी छोड्नुहोस् । बढी मदिरा पिएमा शरीरमा पानीको मात्रा कम हुन्छ, जसले गर्दा निद्रा बिथोलिन्छ । शरीर डिहाइड्रेट हुँदा प्यास बढी लाग्छ । सुत्नेबेला बढी पानी खाइयो भने पिसाब फेर्न उठिरहनुपर्छ ।

तातो पानीले राति ननुहाउने
अफिसबाट फर्किएर फ्रेस हुन कतिपयले तातो पानीले नुहाउने गर्छन् । तर, तातो पानीले नुहाउँदा गहिरो निद्रा पर्दैन । किनकि, निदाउन शरीर एक हदसम्म चिसो हुनुपर्छ । नुहाउनै परे सुत्नुभन्दा तीन घण्टाजति अघि नै बाथरुम छिरिसक्नुपर्छ ।

मधुरो बत्ती बाल्ने
उज्यालो अथवा अँध्यारोमा भन्दा मधुरो प्रकाशमा निद्रा चाँडै लाग्छ । त्यसैले कोठामा मधुरो प्रकाशको जोहो गर्नुपर्छ ।

मोबाइल नचलाउने
निद्रा ढिलो पर्ने गरेको छ भने ओछ्यानमा मोबाइल नचलाउनुहोस् । मोबाइल चलाउन थालियो भने रात बितेको पत्तै हुँदैन, जसले गर्दा पर्याप्त निदाउन पाइँदैन । सुत्नुअघि मोबाइल साइलेन्टमा राखेर अथवा अफ गरेर सुत्नुपर्छ ।
 
रुटिन बनाउने
एउटै समयमा सुत्ने र उठ्ने गरेमा समयप्रति बिस्तारै अभ्यस्त भइन्छ र समयमै निदाउन थालिन्छ ।

व्यायाम नगर्ने
बेलुकाको व्यायाम सुत्नुभन्दा चार घण्टा अगावै गरिसक्नुपर्छ । व्यायाम गर्दा तीव्र भएको रक्तसञ्चार सामान्य अवस्थामा आउन समय लाग्छ । त्यस्तै व्यायाम गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरलाई चनाखो राख्छ ।

चुरोट छोड्ने
चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो गर्नु हुँदैन । किनकि, चुरोट नखाने मानिस खानेहरूभन्दा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले मानिसलाई राम्रोसँग निदाउन दिँदैन ।
 
  औषधि चाँडो खाने
प्रेसर, डिप्रेसनलगायत औषधिको नियमित सेवन गर्नुपर्छ । यस्तो औषधि सुत्नुभन्दा केही घण्टाअघि नै खानुपर्छ । किनकि, यस्तो औषधि खाएलगत्तै सुतियो भने निद्रा लाग्दैन ।
 मनका कुरा लेख्ने
मनमा अनेक कुरा खेल्ने गरेकाले निद्रा नलाग्ने समस्या छ भने मनका कुरा डायरीमा लेख्नुपर्छ । यसो गर्दा मन हलुका हुन्छ र निद्रा पर्छ ।
 
कथा सुन्ने
रेडियो अथवा ल्याबटपबाट राम्रा कथा सुन्दै निदाउन सजिलो हुन्छ ।
 
सकारात्मक बन्ने

नराम्रो चिताउने र सोच्ने बानीले पनि निदाउन गाह्रो गर्छ । अरूको भलो चिताउने, जीवनप्रति सकारात्मक बन्ने अभ्यास गर्नुपर्छ ।

गहिरो सास लिने
फुर्सदमा गहिरो र लामो सास लिने गरेमा दिमागमा इन्डोर्फिन नामक केमिकल उत्सर्जन हुन्छ । जसले व्यक्तिलाई तनावरहित मुद्रामा पु¥याउँछ । गहिरो श्वास लिँदा पाँच सेकेन्डसम्म श्वास तान्ने, तीन सेकेन्ड रोकिरहने र पाँच सेकेन्डमा श्वास फाल्ने गर्नुपर्छ ।
 
खानपिनमा होश पु¥याउने

मीठो निद्राका लागि माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा बढीलाई हरेक दिनको खानामा समावेश गर्नुपर्छ ।
 

Leave A Comment