बेल पुनः गर्भवती

आइतबार, ०३ पुष २०७३, ११ : २३ शुक्रवार , Kathmandu
बेल पुनः गर्भवती

हलिउड अभिनेत्री लेक बेल पुनः गर्भवती भएकी छिन् । केही महिनामै उनले दोस्रो सन्तानलाई जन्म दिनेछिन् । उनका श्रीमान् स्कट क्याम्पबेल हुन् ।
गत साता उनी एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रममा उपस्थित मानिसहरूले उनको गर्भबारे चासो राखेका थिए ।
सबैतिरबाट चासो व्यक्त भएपछि उनले आफू पुनः गर्भवती भएको स्वीकार गरिन् । साथै, आफ्नो पुक्क उठेको पेट पनि देखाइन् । ‘अब केही महिनापछि म दोस्रो सन्तानकी आमा हुँदैछु । म खुशी छु,’ उनले भनिन् ।

 

Leave A Comment