‘पैसा कमाएपछि सानै बेग्लै’

आइतबार, ०३ पुष २०७३, १० : १० शुक्रवार , Kathmandu
‘पैसा कमाएपछि सानै बेग्लै’

केशरी मोक्तान
बा.१.ह ३५८८

के छ दिदी खबर ?
ठीकै छ ।
घर कता प¥यो नि ?
दोलखा ।
ट्याम्पू चलाउन थालेको कति भयो ?
एक वर्षजति भयो ।
यसअघि के गर्नुहुन्थ्यो ?
घरव्यवहार सम्हालेर बसेकी थिएँ ।
कुन रुटको ट्याम्पू चलाउनुहुन्छ ?
२ नम्बर रुटको । तीनचुलीदेखि सुन्धारासम्म ।
कसरी यो क्षेत्रमा लाग्नुभयो ?
मेरा साथीहरू ट्याम्पू चलाउथँ । उनीहरूको संगतमा ड्राइभिङ सिकेँ । चलाउन जानेपछि यतैतिर लागियो ।

कति घण्टा ड्राइभिङ गर्नुहुन्छ ?
बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मै ट्याम्पू चलाउँछु ।
कस्तो लाग्छ त ?
पुरुषहरूको तुलनामा महिलालाई गाह्रो छ । अनावश्यक किचकिच सहनुपर्छ । तैपनि, मलाई त मेरो काम राम्रै लाग्छ ।
कमाई कति हुन्छ नि ?
२० देखि २५ हजार कमाउँछु ।
कमाइ केमा खर्च गर्नुहुन्छ ?
घरपरिवार चलाउन र छोरालाई पढाउँदा खर्च हुन्छ ।
आफ्नो पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
आत्मनिर्भर छु, यसकारण पनि सन्तुष्ट छु । श्रीमान्को तलब कहिले आउला भनेर कुरेर बस्दिनँ । पैसा कमाउने भएपछि घरपरिवार र समाजमा सानै बेग्लै हुँदो रहेछ ।
गीतसंगीत सुनिन्छ कि सुनिँदैन ?
धेरै सुन्छु नि ।
कस्ता खालका गीत मन पराउनुहुन्छ ?
लोकगीत बढी मन पर्छन् ।
 सबैभन्दा मन पर्ने गीत ?
‘छक्का पञ्जा’ फिल्मको ‘पूर्व–पश्चिम रेल’ भन्ने गीत साह्रै मन पर्छ । सुनेको सुनै गर्छु ।
फिल्म कत्तिको हेर्नुहुन्छ नि ?
हेरिन्छ, समय मिलाएर ।
कुनै मन पर्ने फिल्म सम्झनुहुन्छ ?
‘छक्क पञ्जा’ अहिलेसम्मको नै सबैभन्दा मन परेको फिल्म हो ।
हिरो/हिरोइन को–को मन पर्छ ?
हिरोमा राजेश हमाल मन पर्छ । हिरोइनमा भने मिथिला शर्मा निकै मन पर्छ ।
गायक/गायिका नि ?
राजेश पायल राई र अञ्जु पन्त ।
यो क्षेत्रमा नलागेको भए के गर्नुहुन्थ्यो त ?
सोचाइ त पढेर कुनै अफिसमा जागिर खाने थियो । समयले कहाँ पु¥यायो, पु¥यायो । एउटा ब्युटिपार्लर खोलेर बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ ।
के रहेछ त जिन्दगी ?
जिन्दगी भनेको संघर्ष त हो नि । संघर्ष नगरी केही फल पाइँदैन ।
प्रस्तुतिः सृजना

 

Leave A Comment