माफी मागिन् जेनिफरले

आइतबार, ०३ पुष २०७३, १० : ०४ शुक्रवार , Kathmandu
माफी मागिन् जेनिफरले

ओस्कर विजेता हलिउड अभिनेत्री जेनिफर लरेन्सले हवाई द्वीपका मानिससँग क्षमा मागेकी छिन् । हवाईमा एउटा फिल्मको छायांकन गर्दाताका त्यहाँ पवित्र मानिने एउटा ढुंगाले आफ्नो हिप छोएको कुरा उनले अन्तर्वार्ताका क्रममा बताएकी थिइन् । उनको भनाइलाई हवाईका जनताले नराम्रो रूपमा लिएपछि उनले माफी मागेकी हुन् ।
‘हवाईमा ‘द हंगर गेम’को छायांकन हुँदा त्यहाँ पवित्र मानिने ढुंगासम्बन्धी मेरो टिप्पणीले हवाईका साथीहरूको चित्त दुखेछ । तर, मेरो उद्देश्य त्यस्तो थिएन,’ फेसबुकमार्फत उनले माफी माग्दै भनेकी छिन् । ‘द हंगर गेम’ हवाईको जंगलमा छायांकन गरिएको थियो ।

 

Leave A Comment