अवार्डमा विश्वास नगर्ने कंगना

शनिबार, ०२ पुष २०७३, १० : ४२ शुक्रवार , Kathmandu
अवार्डमा विश्वास नगर्ने कंगना

अभिनयमा पोख्त मानिने बलिउड अभिनेत्री कंगना रनोट निष्फिक्री स्वभावकी छिन् । अरूले आफ्नो विषयमा कस्तो टिप्पणी गर्लान्, आफ्नो कामको सही मूल्यांकन होला÷नहोला भन्ने खालका कुरामा उनी त्यति सारो चासो राख्दिनन् ।
हरेक वर्ष दिइँदै आएको ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड वितरण गर्ने समय भारतमा निकट आइरहेको छ । यस्तोमा कंगनालाई एउटा अन्तर्वार्तामा सोधियो, ‘यसपालि उत्कृष्ट अभिनेत्री को घोषित होला ?’
जवाफमा कंगनाले भनिन्, ‘म निर्णायक मण्डलमा छैन । त्यस्ता अवार्ड वितरण कार्यक्रममा म जाँदिनँ पनि । अवार्ड भन्ने चिजमा मलाई विश्वास पनि छैन । यस्तोमा जोसुकैले जितोस्, मलाई बाल मतलब ?’

Leave A Comment