शास्त्रको सार मात्र लिनुपर्छ

शनिबार, ०२ पुष २०७३, १० : ०३ शुक्रवार , Kathmandu
शास्त्रको सार मात्र लिनुपर्छ

अन्याय गरेर कमाएको धन दश वर्षसम्म टिक्छ । एघारौँ वर्ष लागेपछि मूलधनसहित सम्पूर्ण नाश हुन्छ । टिकाउ रहँदैन । सबै किसिमले समर्थ वा शक्तिशाली व्यक्तिको अनुचित कार्य पनि उपयुक्त वा उचित बन्छ । सामथ्र्य नभएका नीच वा अधमका लागि उचित कार्य पनि अनुचित बन्छ । ‘ठूला व्यक्तिले लगाएको पित्तल पनि सुन र गरिब व्यक्तिले लगाएको सुन पनि पित्तल’ भनेजस्तै हो । तर, मणि गोडामा दलिएको होस् वा काँच शिरमा लगाइएको होस्, किनबेच गर्ने बेलामा मणि मणि नै हुन्छ, काँच काँचै हुन्छ । उत्तम वा कमसल स्थान जहाँ रहे पनि मूर्ख मूर्ख नै हुन्छ, विद्वान भने विद्वान नै हुन्छ ।
शास्त्रहरू अनन्त छन् । विद्या अनेक छन् । तर, मानिसको जीवन अत्यन्तै छोटो छ । त्यसमा पनि विघ्नबाधा छन् । हाँसले पानीबाट पानी जति छाडेर दूधलाई छुट्याएझैँ आफ्नो काममा आउने शास्त्र र विद्याको सारमात्र खिचेर लिनुपर्छ । दुष्ट र काँढाको दुई प्रकारले उपचार गरिन्छ । जुत्ताले कुल्चिदिएर दुष्ट र काँढालाई हटाउन सकिन्छ । चन्दनको रूख काटिए पनि त्यसबाट बास्ना आउन छाड्दैन । हात्तीले आफू बूढो भए पनि भोगविलास गर्न छाड्दैन । उखुले कोलमा पेले पनि  गुलियोपन छाड्दैन । कुलीन मानिस दरिद्र भए पनि आफ्नो शील र गुणलाई त्याग्दैन । गुणशील व्यक्तिले जस्तै आपद्विपद् परे पनि गुणलाई त्याग्ने इच्छा गर्दैन ।    
–चाणक्य

Leave A Comment