दीपिका एसियाकै कामुक

शुक्रबार, ०१ पुष २०७३, १२ : ३० शुक्रवार , Kathmandu
दीपिका एसियाकै कामुक

बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सेक्सी महिला घोषित भएकी छिन् । बेलायतस्थित एउटा पत्रिकाले हरेक वर्ष घोषणा गर्दै आएको यस्तो उपाधि यसपालि उनले पाएकी हुन् ।
अर्की बलिउड अभिनेत्री प्रियंका चोपडाले अघिल्लो वर्ष यो उपाधि पाएकी थिइन् ।
उपाधि हासिल गरेपछि विज्ञप्ति जारी गर्दै दीपिकाले भनिन्, ‘यसबाट म खुशी छु । सेक्सीको अर्थ मानिसपिच्छे फरक हुन्छ । आफू जस्तो छ, त्यसैमा सन्तुष्ट हुनु नै सेक्सी बन्नु हो भन्ने मेरो बुझाइ छ । सेक्सी हुनु भनेको आत्मविश्वासी, निष्कपट र संवेदनशील हुनु पनि हो ।’

 

 

Leave A Comment