रोजगारी नपाएर विदेशिनुको पीडा

शुक्रबार, ०१ पुष २०७३, १२ : २४ शुक्रवार , Kathmandu
रोजगारी नपाएर विदेशिनुको पीडा

सन्तोष खड्का
रुकुम, हालः दक्षिण कोरिया  
मेरो घर रुकुम जिल्लाको मुरु गाविसमा पर्छ । म कोरिया आएको छ महिना मात्र भयो । कोरियाको राजधानी सियोल नजिकै पर्ने एउटा कृषि फार्ममा काम गर्छु । कृषि काम भनेको सबैतिर अलि कडा नै हुन्छ । त्यसैले कोरियामा पनि कडै छ ।
स्वदेशमा रोजगारी नपाएकाले विदेश आउनुपरेको हो । यहाँको काम कडा भए पनि महिनामा तलब र भत्ता मिलाएर करिब सवा लाख रुपैयाँ पाउने भएकाले पीडा बिर्सने गरेको छु । घरमा तीन वर्षका छोरा र पत्नी छन् । उनीहरूको धेरै याद आउँछ । कोरियामा चार वर्ष बसेर कमाएको रकमबाट गाउँमै कुनै उद्यम गर्ने सोच बनाएको छु ।

वैदेशिक रोजगारीमा रहेका तपाईंहरू पनि विदेशको अवस्था नेपालमा बस्ने आफन्त, घरपरिवारसँग साट्न चाहनुहुन्छ या कुनै सन्देश दिन चाहनुहुन्छ भने कृपया एक प्रति फोटोसहित हामीलाई यो ठेगानामा इमेल लेख्नुहोस्ः
rudrakhadka1@gmail.com

 

Leave A Comment