स्टाइलिस हिउँदे पहिरन

बिहिबार, ३० मङि्सर २०७३, १० : ५० सृजना खड्का , Kathmandu
स्टाइलिस हिउँदे पहिरन

एक समय थियो, जुन बेला जाडो मौसममा शरीरलाई न्यानो पार्न जस्तोसुकै लुगा पनि लगाइन्थ्यो । तर, अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समयमा परिवर्तन आएको छ । विशेष गरी युवापुस्तालाई जाडोमा न्यानो कपडा भएर मात्र पुग्दैन । हेर्दा सुन्दर र आकर्षक देखिन पनि उनीहरूको प्राथमिकतामा पर्ने गर्दछ । चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा आफूलाई स्टाइलिस लुक दिन युवापुस्ता कन्सस छ । जाडोमा पनि फेसनेबल भएर हिँड्न रुचाउने फेसनपारखीका लागि अहिले धेरै उपाय रहेका फेसन डिजाइनरहरू बताउँछन् ।
‘मलाई त जाडोमा पनि चिटिक्क भएर हिँड्न मन लाग्छ,’ न्युरोडमा जाडोको सपिङ गर्दै भेटिएकी २१ वर्षीया सुनिता पोखरेलले भनिन्, ‘न्यानो पनि होस् र स्टाइलिस पनि देखियोस् भनेर फेसनेबल पहिरनको खोजीमा आएकी हु“ ।’ पोखरेलजस्तै मौसमअनुसार फेसनमा चाख राख्ने धेरै युवतीहरू काठमाडौँका विभिन्न सपिङ सेन्टरमा भेटिन्छन् ।
काभ्रेदेखि जाडोको सपिङ गर्न आएकी सुजना ढकाल पनि सोहीमध्ये एक हुन् । हातमा सपिङ ब्याग झुन्ड्याउँदै हिँडेकी उनले यसवर्षको जाडोका लागि बुट, लङ कोट र दुई वटा कलरफुल मफलर किनेको बताइन् । ‘मौसमअनुसार आफ्नो फेसनमा परिवर्तन ल्याइहाल्छु । जाडोमा जाडोको फेसन, गर्मीमा गर्मीको फेसन । भन्छन् नि– खान आफ्ना लागि, फेसन अर्काका लागि । अरूमाझ छुट्टै देखिनु त परिहाल्यो नि,’ उनले भनिन् ।
काठमाडौँका चोक, गल्ली र सडक बजारमा फेसनेबल लुकमा ठाँटिएर हिँडने युवायुवती धेरै छन् । मौसमअनुसार बजारको फेसन टे«न्ड के छ ? भनी चासो बोकेर हिँड्ने तन्नेरी पनि उत्तिकै छन् । लङ बुट, जिन्स प्यान्ट, ज्याकेट वा कोट, ऊनी स्वेटर, पंचु, कलरफुल मफलर, पञ्जा, टोपी लगायतले यसपालिको जाडोलाई स्टालिस बनाउने सोच २० वर्षीया शारदा ढुंगेलको रहेको छ । अर्की फेसनपारखी रचना श्रेष्ठले भने धेरै लुगा लगाउँदा झनै जाडो महसुस हुने बताइन् । ‘पातला तर तातो आउने लुगाहरूले पनि आफूलाई फेसनेबल देखाउन सकिन्छ । जाडोमा थर्माकोट नछुटाइ लगाउँछु । यसले न्यानो पनि हुन्छ र बाहिर ठूलाठूला र मोटामोटा लुगा नलगाए पनि हुन्छ ।’
जाडोमा भुवादार ज्याकेट, ऊनी स्वेटर, फिटिङ जिन्स  घुँडासम्म आउने बुट लगाएर हिँड्दा आजका युवतीहरू निकै स्मार्ट र स्टाइलिस देखिने बानेश्वर गरिमा बुटिककी सञ्चालक तथा फेसन डिजाइनर शान्ति प्रसाई बताउँछिन् । आफूले लगाएको पहिरन अनुसारको रङ मिलाएर टोपी, मफलर र पञ्जा लगाउँदा उनीहरू झनै आर्कषक देखिने उनको भनाइ छ ।  ‘जाडोमा हाइनेकबाहिर पंचु वा डिजाइनर जम्पर लगाउँदा पनि राम्रो देखिन्छ । यसले मोटो र भद्दा शरीर भएकाको शरीर ढाकेर स्टाइलिस लुक दिन सहयोग पु¥याउँछ,’ उनले भनिन् ।
गर्मी यामभन्दा जाडो महिनामा कपडाको व्यापार चम्कने असनका कपडा व्यापारी विकास महर्जन बताउँछन् । १० वर्षयता कपडा पसल थापेर बसेका विकासले भने, ‘गर्मीका कपडाभन्दा जाडोका कपडा महँगा हुन्छन् । तैपनि, मानिसहरू किन्छन् । अहिले बाक्लाभन्दा पनि देख्दा पातला तर न्यानो हुने डाउन ज्याकेट, फिदर ज्याकेट, पंचु र लङ आउटर कोट धेरैले रुचाउँछन् ।’ नेपाल ऊल हाउस भोटाहिटीका प्रोपाइटर ज्ञानेन्द्ररत्न तुलाधरले भने युवापुस्तामा पंचुको फेसन निकै लोकप्रिय बन्दै गएको बताए । ‘कलाकारदेखि सर्वसाधारणसम्मले पंचु लगाउन थालेका छन् । सल ओड्न झन्झट मान्नेहरूका लागि पंचु एकदमै राम्रो विकल्प हो । मोटो शरीर भएकाहरूका लागि त पंचु झन् उपयोगी छ । यसले मोटो शरीर छोपिन्छ,’ उनले भने, ‘पंचु कम्फर्टेबल, अफोर्डेबल र फेसनेबल भएका कारण बढी रुचाइएको हो ।’
हजार÷१२ सयदेखि चारपाँच हजारसम्म पर्ने पंचु बजारमा पाइने गरेका छन् । ऊनको साथै पस्मिनाका पंचु धेरैले रुचाउने तुलाधरले बताए । ‘झिलिमिलीभन्दा पनि सादा खालका पंचु बढी चलेका छन् । पंचुलाई स्टाइलिस लुक दिन ¥याप गरेर, डबल फोल्ड गरेर, बटन राखेर र थप न्यानो पार्नको लागि टोपी राखेर पनि बनाइएका छन्,’ उनले भने ।
जुत्ता व्यापारी बलराम सिटौलाका अनुसार जाडो महिनामा न्यानो कपडाका साथै न्यानो जुत्तामा समेत युवापुस्ताको आकर्षण बढ्दो छ । ‘हेर्दा आर्कषक र लगाउँदा मज्जाले खुट्टा तात्ने बुट फेसनमा रहेको छ । विवाहित वा अविवाहित सबैको रोजाइमा बुट पर्न थालेका छन्,’ उनले भने, ‘बुटबाहेक स्पोट्र्स सुजको माग पनि बढेको छ ।’ न्यानो र हेर्दा आकर्षक देखिने भएकाले स्पन्ज, टिम्बर लेन, सावर र लेदरका बुट धेरैको रोजाइमा पर्ने सिटौलाले बताए ।
 

Leave A Comment