अविनाशको ‘मायाको सागर’

बिहिबार, ३० मङि्सर २०७३, १० : ४४ शुक्रवार , Kathmandu
अविनाशको ‘मायाको सागर’

गायक अविनाश ठकुरीले नयाँ एल्बम ‘मायाको सागर’ बजारमा ल्याएका छन् । छ वटा गीत समावेश रहेको एल्बममा अनुप बराल, रामशरण थपलिया, करुणा बम्जन लगायतका शब्द र लक्ष्मण शेष, मधुसुदन घिमिरे, नरहरि प्रेमी, मनोज चौलागाई लगायतको संगीत रहेको छ । एल्बममा ‘मैले तिमीलाई हेरँे’, ‘देख्दै राम्रो’, ‘माया गर्न नजान्ने म’ आदि बोलका गीत समावेश छन् । एल्बमलाई श्रुति संगीत विद्यालयले बजारमा ल्याएको हो ।

पदमको ‘कोही त होला’
गायक पदम भट्टराईको ‘कोही त होला’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा संगीत पनि गायक स्वयंले भरेका छन् । आधुनिक भाकामा रहेको गीतको भिडियोमा पदम र मोडल कुसुम बस्नेत फिचरिङमा छन् । गीतको भिडियो निर्देशन डी एन्ड डी क्रिएसनले गरेको हो ।

 

Leave A Comment