सारोनको नयाँ प्रेमी

बुधबार, २९ मङि्सर २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
सारोनको नयाँ प्रेमी

हलिउड अभिनेत्री सारोन स्टोनले नयाँ प्रेमी फेला पारेकी छिन् । नयाँ प्रेमीसँग रोमान्स गर्नसमेत उनले सुरु गरिसकेकी छिन् ।
गत साता उनी नयाँ प्रेमीसँग घुम्न भनेर क्यारेबियन क्षेत्रतिर गइन् । केही दिन उतै प्रेमीसँग बस्ने योजनाका साथ उनी अमेरिकाबाट क्यारेबियनतिर हिँडेकी हुन् ।
‘यो उनको विशुद्ध रोमान्टिक भ्याकेसन हो । त्यहाँ पुगेर उनले समुद्री किनारमा एक जना अपरिचित युवकसँग सन बाथ गर्दै गरेको तस्बिरसमेत सार्वजनिक भइसकेको छ । ती युवक उनका नयाँँ प्रेमी हुन्,’ समाचारमा भनिएको छ । यद्यपि, नयाँ प्रेमीको नाम, थर, वतन, पेशा आदिबारे थप जानकारी भइनसकेको समाचारमा जनाइएको छ ।

 

Leave A Comment