जेनिफरको बठ्याइँ

बुधबार, २९ मङि्सर २०७३, १० : ३२ शुक्रवार , Kathmandu
जेनिफरको बठ्याइँ

ओस्कर विजेता हलिउड अभिनेत्री जेनिफर लरेन्सले निर्देशक डारेन आरोनोफ्स्कीलाई फकाउन बठ्याइँ गरेको भन्ने चर्चा अहिले हलिउड वृत्तमा व्याप्त छ । आवश्यक परेको खण्डमा आफ्नो घरमा बस्न आए हुन्छ भन्ने सन्देश डारेनलाई पठाएर उनले फकाउन खोजेको चर्चा अहिले चलिरहेको छ ।
समाचारमा जनाइएअनुसार जेनिफरले गत साता डारेनलाई आफ्नो घरको साँचो थमाइन् । ‘डारेनको घर लस एन्जलसबाहिर हो । जेनिफर चाहिँ लस एन्जलसमै बस्छिन् । लस एन्जलस आउँदा बस्न मेरै घरमा आए हुन्छ भन्दै उनले घरको चाबी डारेनलाई दिएकी हुन्,’ समाचारमा भनिएको छ । केही समयअघि डारेन र जेनिफरबीच अफेयर भएको खबर बलिउड वृत्तमा छ्याप्छ्याप्ती भएको थियो ।

Leave A Comment