‘गीतै त हो हाम्रो साथी’

बुधबार, २९ मङि्सर २०७३, १० : २९ शुक्रवार , Kathmandu
‘गीतै त हो हाम्रो साथी’

बा.३ ख
४०१८
प्रेम लामा

के छ गुरुजी हालचाल ?
ठीकै भन्नुप¥यो ।
घर कता प¥यो नि ?
सिन्धुपाल्चोक ।
कति भयो गाडी चलाउन थालेको ?
छ वर्ष भइसक्यो ।
कुन रुटको गाडी चलाउनुहुन्छ ?
मध्यपुर यातायातको ९ नम्बर रुटको चलाउँछु ।
दिनमा कति पटक ओहोरदोहोर गरिन्छ ?
कहिले छ पटक कहिले आठ पटकसम्म ओहोरदोहोर गरिन्छ ।
कसरी आइयो यो लाइनमा ?
धेरै पढ्न सकिएन । पढाइ छोडेर गाडीमा बसियो । बिस्तारैबिस्तारै गाडी चलाउन सिकेँ । पछि यही पेट पाल्ने भाँडो बन्यो ।
गाडी आफ्नै कि साहूको ?
साहुको पनि, मेरो पनि । अलिकति मेरो लगानी छ यसमा ।

कमाइ कस्तो छ ?
धेरै नि छैन, थोरै नि छैन । महिनामा ३०÷३५ हजार कमाइन्छ । घरपरिवार चलेकै छ ।
कामबाट सन्तुष्ट हुनुहुन्छ ?
यही पेशाले घरमा चुलो बलेको छ । सन्तुष्ट त हुनैप¥यो नि ।
यात्रु कस्ता कस्ता भेटिन्छन् नि ?
तालतालका भेटिन्छन् । कोही रोक्नै नमिल्ने ठाँउमा रोकेन भनेर रिसाउँछन् । कोही भने निकै बुझ्ने खालका हुन्छन् ।
गीतसंगीत कत्तिको सुनिन्छ ?
असाध्यै सुनिन्छ । गीतै त हो हाम्रो साथी । दुःखमा पनि, सुखमा पनि ।  
कस्ता गीत मन पर्छन् ?
आधुनिक गीत भनेपछि हुरुक्कै हुन्छु । मेरो गाडीमा पनि बढी आधुनिक गीत नै बजिरहन्छ । अञ्जु पन्त साह्रै मन पर्छ ।

फिल्म कत्तिको हेर्नुहुन्छ ?
फुर्सद मिलाएर हेरिन्छ ।

मन परेको फिल्म ?
‘हवलदार सुन्तली’ ।

मन पर्ने हिरोहिरोइन नि ?
पहिला पहिला विराज भट्ट र निखिल उप्रेती राम्रा लाग्थे । अहिले सविन श्रेष्ठ राम्रो लाग्छ

राजनीतिमा चासो छ ?
आफू राजनीतिमा लागेर हिँडिएको छैन । चासो पनि छैन ।
                         प्रस्तुतिः सृजना खड्का

 

Leave A Comment