बेला पुनः प्रेममा

सोमबार, २७ मङि्सर २०७३, १० : ०५ शुक्रवार , Kathmandu
बेला पुनः प्रेममा

अमेरिकी अभिनेत्री तथा गायिका बेला थोर्न पुनः प्रेममा परेकी छिन् । गत नोभेम्बरमा उनले टेलर पोससँग ब्रेकअप गरेकी थिइन् । केही महिनामात्रै डेट गरेका उनीहरूबीच तत्कालै ब्रेकअप भएको थियो ।
अहिले आएर बेल पुनः प्रेममा परेको चर्चा चलेपछि उनका फ्यानले प्रेमी चाहिँ को रहेछन् भन्दै चासो व्यक्त गरेका छन् । तर, प्रेमी अरू कोही नभएर टेलर नै हुन् ।
‘ब्रेकअप भए पनि दुवै जनाले मनभित्रबाट एकअर्कालाई बिर्सिन सकेका थिएनन् । त्यही भएर उनीहरूको सम्बन्ध पुरानै अवस्थामा आउन सम्भव भएको हो । अहिले उनीहरू ज्यादै  खुशी छन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment