मोबाइलको डाटा सुरक्षित गर्ने तरिका

सोमबार, २७ मङि्सर २०७३, ०९ : ५४ शुक्रवार , Kathmandu
मोबाइलको डाटा सुरक्षित गर्ने तरिका

तपाईं आफ्नो स्मार्ट फोनमा भएको डाटा सुरक्षित नभएर हैरान हुनुहुन्छ ? यस्तो डाटा सेभ गर्ने उपाय खोजिरहनुभएको छ ? हुनुहुन्छ भने यी उपाय काम लाग्न सक्छन् ।
 
स्मार्ट फोनले तपाईं हाम्रो दैनिकी निकै सजिलो बनाइदिएको छ । तर, कोही मानिस स्मार्ट फोनमा रहेका डाटाहरू चोरी गरेर स्मार्ट फोन प्रयोगकर्ताको निद्रा खल्बल्याउने काममा सक्रिय छन् । जसको पीडा तपाईंले पनि भोगिरहनु भएको हुन सक्छ ।
यसबाट बच्न चाहनुहुन्छ भने सकेसम्म स्मार्ट फोनमा व्यक्तिगत र वित्तीय जानकारी कम राख्ने गर्नुहोला । स्मार्टफोनमा राखिएको ब्याकअपबारे समयसमयमा अपडेट गरिएमा चोरी हुने सम्भावना कम हुन जान्छ ।
चोरीबाट जोगिन कस्तो ब्याकअप राख्ने ?
१. टाइटेनियम ब्याकअपलाई वर्षौंदेखि ब्याकअपको राजाको रूपमा मानिँदै आएको छ । यसमा त्यसता धेरै फिचर छन्, जुन अरू ब्याकअपमा पाउन सकिँदैन । यो ब्याकअप हेर्दा अलि पुरानो मोडेलको जस्तो देखिन्छ र यसलाई प्रयोग गर्न रुट एक्सेस गर्नुपर्ने हुन्छ । यो सित्तैमा प्रयोग गर्न सकिँदैन यसका लागि आठ अमेरिकी डलर खर्च गर्नुपर्छ ।
२. चिता एप्सको प्रयोगबाट कन्ट्याक, एसएमएस, फोटो, कल लग, क्यालेन्डरको ब्याकअप राख्न सकिन्छ । यो एप्स डाउनलोड गरेपछि पाँच गिगाबाइटको क्लाउड स्टोरेज पनि सित्तैमा उप्लब्ध हुन्छ ।
३. जी क्लाउड एप्सले आफ्नै क्लाउड स्टोरेज प्रयोग गर्छ, जुन एक गिगाबाइटबाट सुरु हुन्छ । जसलाई १० जीबीसम्म बढाउन सकिन्छ । सित्तैमा डाउनलोड गर्न सकिने यो एप्स वाइफाइमा मात्र उप्लब्ध छ, यो मोबाइल डाटाबाट डाउनलोड गर्न सकिँदैन ।
४. ईजी ब्याकअप एन्ड रिस्टोर केही समयको प्रयासपछि निकै छिटो गतिमा रिस्टोर गर्न थाल्छ । यस एप्सले कन्ट्याक, एसएमएस, एमएमएस, कल लग, क्यालेन्डर, डिक्सनरी, फोटो र बुकमार्क सुरक्षित गर्ने काम गर्छ ।
५. सुपर ब्याकअप एप्सले गर्ने काम भनेको कन्ट्याक, एसएमएस, एमएमएस, कल लग, आदि सुविधा रहेको छ । विज्ञापनमा सित्तैमा देखाइए तापनि यस एप्स खरिदका लागि करिब एक अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।

 

Leave A Comment