कलकत्तामा पूर्वको कला

सोमबार, २७ मङि्सर २०७३, ०९ : ५२ शुक्रवार , Kathmandu
कलकत्तामा पूर्वको कला

पूर्वका झापाका कलाकर्मीले भारतको कलकत्तामा पुगेर नेपाली कला प्रस्तुत गरेका छन् ।
कलकताको साल्टलेकस्थित सिटी सेन्टरमा आयोजित सुन्तला महोत्सवको अवसरमा झापाको परिवर्तन थिएटरले ‘गल्र्स ट्राफिकिङ’ नाटक प्रस्तुत ग¥यो भने झापाकै कमेडियन राजा राजेन्द्रले हाँस्य व्यंग्य र गीत प्रस्तुत गरे । कलकत्तास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले उद्घाटन गरेको तीन दिने महोत्सवमा झापाको नृत्य कलाकारले नेपाली नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै झापाका चित्रकारको चित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा इलामको सलकपुरलगायत भारतका विभिन्न प्रान्त र भूटानका कृषि उत्पादन, सुन्तला लगायतको प्रदर्शन गरिएको थियो । पूर्वका उत्पादन र कलाकारिताको प्रवद्र्धन गर्न कलकत्तामा सुन्तला महोत्सव गरिएको आयोजक हिमालय ओरेञ्ज फेस्टिबल समितिका सचिव अर्जुन कार्कीले बताए । उनले भने ‘हरेक वर्ष हुने गरेको महोत्सवले पूर्वमा भारतीय पर्यटक निम्त्याउन ठूलो मद्दत गरेको छ ।’

 

Leave A Comment