१५ औँ आहा रारा गोल्डकप माघमा

आइतबार, २६ मङि्सर २०७३, १० : ५३ शुक्रवार , Kathmandu
१५ औँ आहा रारा गोल्डकप माघमा

पोखरामा सञ्चालन हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करण माघको पहिलो साता हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता माघ ४ गतेदेखि १५ गतेसम्म चल्नेछ । क्लबले आइतवार पोखरामा गरेको पत्रकार सम्मेलनमा तीन विदेशीसहित १२ टिमको सहभागिता रहने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

Leave A Comment