यस्तो हुनेछ नयाँ नोकिया

शनिबार, २५ मङि्सर २०७३, १० : ४१ शुक्रवार , Kathmandu
यस्तो हुनेछ नयाँ नोकिया

कुनै समय मोबाइल उद्योगमा प्रभुत्व जमाएको नोकिया ब्रान्ड बजारमा पुनरागमन गर्ने तयारीमा छ । आगामी अंग्रेजी वर्ष नोकियाले डीवानसी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लन्च गर्ने बताएको छ । नोकियाले ल्याउने भनिएको उक्त स्मार्टफान सुरुमा एक बेन्चमार्क साइटमा देखिएको थियो र अहिले पुनः यसबारे एउटा खुलासा भएको छ । नोकियाले यो स्मार्टफोनका दुई भर्सनमा ल्याउँदैछ ।
नोकिया पावरयुजरले नोकियाको डीवानसी एन्ड्रोइड फोनका दुई मोडेल हुने बताएको छ । डिस्प्ले साइज, ¥याम तथा क्यामरा दुवैमा फरकफरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जीबीको ¥याम तथा १३ मेगापिक्सेलको ब्याक क्यामरा हुनेछ । त्यस्ता ठूलो भर्सनमा ५.५ इन्चको डिस्प्ले, ३ जीबीको ¥याम तथा १६ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ ।
एजेन्सीका अनुसार नोकिया डीवानसीमा १.४ गिगाहर्जको स्नापड्रागन ४ सय ३० प्रोसेसरका साथै अड्रिनो ५०५ जीपीयू हुनेछ । यसमा एन्ड्रोइडको सबैभन्दा पछिल्लो ७ नोगट अपरेटिङ सिस्टम रहनेछ ।
आगामी १० वर्षसम्मको लागि नोकियाको लाइसेन्स लिएको कम्पनी एचएमडी ग्लोबलले हालै घोषणा गरेको थियो । उसले ग्लोबल ब्रान्डको रूपमा नोकिया ब्रान्डलाई पुनः लन्च गर्दैछ । सन् २०१७ को सुरुमै नोकिया ब्रान्डका स्मार्टफोन बजारमा पेश गर्ने र त्योसँगै फिचर मोबाइल पनि ल्याउने बताइएको छ ।

 

Leave A Comment