युलियालाई भारत प्यारो

शनिबार, २५ मङि्सर २०७३, १० : ३९ शुक्रवार , Kathmandu
युलियालाई भारत प्यारो

बलिउड स्टार सलमान खानकी प्रेमिका युलिया भन्तुरलाई सलमान खान असाध्यै मन पर्छ । उनी भारतका भएकाले रोमानियाकी मोडल युलियालाई भारतका धेरै नै कुरा मन पर्छन् । यसमध्ये पनि आफूले भारतमा असाध्यै रुचाएका केही चिजबारे उनले बताएकी छिन् ।
‘यतातिरका धेरै कुरा मलाई मन पर्छन्,’ उनले भनिन्, ‘त्यसमध्ये पनि खास गरी यहाँको संगीत र संस्कृति मलाई औधी मन पर्छन् ।’
भारतीय गायक हिमेश रेशमियाका गीतले भारतीय संगीतप्रति आफूलाई आकर्षित गरेको उनी बताउँछिन् । ‘उनका गीत सुनेपछि म भारतका अन्य गीत सुन्न थप प्रेरित भएँ,’ युलियाले भनिन् ।

Leave A Comment