ऐश्वर्यालाई तनाव

शुक्रबार, २४ मङि्सर २०७३, १० : ४२ शुक्रवार , Kathmandu
ऐश्वर्यालाई तनाव

बलिउड अभिनेत्री ऐश्वर्या राय अहिले तनावमा छिन् । सामाजिक सञ्जाल र विभिन्न अनलाइनमा उनले आत्महत्या गर्ने कोसिस गरेको भन्ने समाचार भाइरल भएपछि उनलाई तनाव भएको हो ।
‘यसरी भाइरल भएको समाचार सत्य थिएन । नभएको कुरा जताततै फैलिएपछि ऐश्वर्या अहिले दुःखी छिन्,’ समाचारमा भनिएको छ ।
‘ए दिल है मुश्किल’मा बोल्ड सिन दिएपछि सासु जया बच्चनले उनलाई अनेक ताडना दिन थालेपछि समग्र वैवाहिक जीवनप्रति नै मोहभंग भएर उनले आत्महत्या प्रयास गरेको, तर समयमै उनलाई अस्पताल पु¥याइएकाले उनको ज्यान बचेको भाइरल समाचारमा जनाइएको थियो । यद्यपि, बच्चन परिवारनिकट स्रोतले समाचार पूरै कपोलकल्पित भएको स्पष्ट पारेको छ ।

 

Leave A Comment