५७ सय आइफोन चोरी

शुक्रबार, २४ मङि्सर २०७३, १० : ३३ शुक्रवार , Kathmandu
५७ सय आइफोन चोरी

ताइवानिज अधिकारीहरूले फक्सकन कम्पनीका पूर्व उच्च अधिकृतलाई ५ हजार ७ सय आइफोन चोरेको आरोप लगाएका छन् । ‘साई’ नाम गरेका ताइवानी म्यानेजरले ती आइफोन फक्सकन कम्पनीको फोन जाँच विभागबाट तस्करी गरेको बताइएको छ ।
फक्सन संसारको सबैभन्दा ठूलो ‘एसेम्बलर’ कम्पनी हो । यसले एप्पलका साथै सोनीलगायत थुप्रै कम्पनीका मोबाइल र अन्य सामान ‘एसेम्बल’ गर्छ । उनीहरूका अनुसार साई र आठ कर्मचारीको सहयोगमा उक्त काम गरेका थिए । यसरी चोरेको आइफोन ५ र ५ एस २०१३/१४ मा बिक्री गरिएको थियो । साईलाई १० वर्ष जेल सजाय हुन सक्ने बताइएको छ ।

Leave A Comment