श्रद्धाको स्लिम सुर्ता

बिहिबार, २३ मङि्सर २०७३, १० : २८ शुक्रवार , Kathmandu
श्रद्धाको स्लिम सुर्ता

बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो फिटनेसलाई लिएर चिन्तित छिन् । उनी अझै स्लिम हुन चाहन्छिन् । उनले वजन घटाउने प्रक्रिया पनि सुरु गरिसकेकी छिन् । यसका लागि उनले सेलिब्रिटी प्रशिक्षक र पोषणविद्को सेवा लिन थालेकी छिन् ।

उनले आफ्ना लागि खास किसिमको खानाको प्रबन्ध गरेकी छिन् । यसका लागि उनी महिनामा २ लाख ४० हजार रुपैयाँ खर्च गरिरहेकी छिन् । सलाद, गेडागुडी, बदाम आदि उनको भोजनको नयाँ मेन्यू भएका छन् ।
सन् २०१३ मा ‘आशिकी २’ बाट फिल्ममा प्रवेश गरेकी उनले ‘हैदर’, ‘एक भिलेन’ र ‘एबीसीडी २’ जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् । उनी अहिले विभिन्न फिल्ममा व्यस्त छिन् ।
 

Leave A Comment