१० वर्षपछि एल्बम

बिहिबार, २३ मङि्सर २०७३, १० : २२ शुक्रवार , Kathmandu
१० वर्षपछि एल्बम

गायक कर्ण दासले १० वर्षपछि नयाँ एल्बम ‘एउटा नयाँ आशा’ ल्याएका छन् । म्युजिक नेपालको प्रस्तुतिमा यस गीति एल्बममा १२ वटा गीत समावेश छन् । एल्बममा समावेशमध्ये एसटू प्रोडक्सनले निर्माण गरेको ‘हाम्रो नेपाल’ शीर्षक गीतको भिडियो युट्युब र टेलिभिजनमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पूर्वको दमक, पर्वतको चित्रे र कुश्मालगायत ठाउँमा छायांकन गरिएको छ ।

 

Leave A Comment