अमेरिकी पुरुषबारे लेआ

बुधबार, २२ मङि्सर २०७३, १० : ४३ शुक्रवार , Kathmandu
अमेरिकी पुरुषबारे लेआ

फ्रेन्च अभिनेत्री लेआ सिडूले अमेरिकी पुरुषबारे रमाइलो टिप्पणी गरेकी छिन् । आफू अमेरिकी पुरुषसँग प्रेमसम्बन्ध राख्ने कुरामा खुला भए पनि जिमखानामा बढी समय बिताउने उनीहरूको स्वभाव भने दिक्कलाग्दो भएको उनले बताएकी छिन् ।
फ्रान्सको घरानियाँ परिवारकी अभिनेत्री लेआले कुलीन परिवारको सदस्य हुँदाको अनुभवसमेत बताएकी छिन् । ‘घरानियाँ परिवारको हँुदा कहिलेकाहीँ अप्ठेरो पनि हुँदो रहेछ । यस्तो मानिसलाई आफ्नो स्वतन्त्र अस्वित्व निर्माण गर्न कठिन हुँदोरहेछ । तपाईं सुपरस्टार हुनुभयो भने ‘त्यस्तो परिवारमा जन्मिएकाले यो सब सम्भव भएको हो’ भन्ने खालको टिप्पणी हुँदोरहेछ,’ उनले भनिन् ।

Leave A Comment