कलेजोसम्बन्धी रोगबाट बच्न के गर्ने ?

सोमबार, २० मङि्सर २०७३, ०४ : ५१ शुक्रवार , Kathmandu
कलेजोसम्बन्धी रोगबाट बच्न के गर्ने ?

कलेजो खराब भएमा क्यान्सर, लिबर सिरोसिस, हेपाटाइटिसजस्ता प्राणघातक रोग लाग्न सक्छन् । यस्ता कुरा पालना गरेर कलेजोसम्बन्धी रोगबाट बच्न सकिन्छः

जाँडरक्सी नखाने
लिभर सिरोसिस भएका अधिकांश व्यक्ति जाँडरक्सीका अम्मली हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । जाँडरक्सी नखानाले लिभर सिरोसिस हुने जोखिम कम हुन्छ ।
खानपानमा ध्यान  
कलेजोसम्बन्धी रोगको संकेत देखा परेको छ भने खानपानमा सचेत हुनुपर्छ । खास गरी भिटामिन, फाइबर, प्रोटिन, खनिज आदि प्रचुर मात्रामा पाइने खाना खान जोड गर्नुपर्छ । बजारमा पाइने खाना भरिसक्के खानु हुँदैन । ताजा फलफुल र हरियो सागसब्जी नियमित खानुपर्छ । तेल अथवा बोसोयुक्त खाना पनि कम गर्नुपर्छ ।
नियमित व्यायाम
दिनहुँ व्यायाम गर्ने  मानिसमा कलेजोसम्बन्धी समस्या कम देखिने गरेको पाइएको छ । कलेजोसम्बन्धी रोग लागेका मानिसहरूले नियमित व्यायाम गर्न कसै गरी पनि छुटाउनु हुँदैन ।
स्वास्थ्य परीक्षण
कलेजोको रोग लागेको कुनै संकेत देखा परेको छैन भन्दैमा तपाईंमा कलेजोसम्बन्धी समस्या छैन भन्ने ग्यारेन्टी हुँदैन । त्यही भएर बेलाबेलामा कलेजोको स्क्रिनिङ जाँच गर्नुपर्छ ।
हेपाटाइटिसविरुद्धको खोप
हेपाटाइटिस कलेजोसम्बन्धी रोग हो । यसबाट बच्न हेपाइटिसविरुद्धको खोप लगाउनुपर्छ ।
लक्षण हेर्ने
कलेजोसम्बन्धी रोग लागेमा सास गनाउने, आँखामुनि कालो घेरा बन्ने, पाचन प्रणाली कमजोर हुने, गाढा रङको पिसाब आउने, आँखा पहेँलो हुने, खाना मीठो नलाग्ने, पेट सुन्निनेलगायत लक्षण देखिन्छन् । यीमध्ये केही लक्षण एकसाथ देखिएमा कलेजो परीक्षण गराइहाल्नुपर्छ ।

 

Leave A Comment