पोर्नस्टारलाई राजदूत बनाउन माग

सोमबार, २० मङि्सर २०७३, ०४ : ४८ शुक्रवार , Kathmandu
पोर्नस्टारलाई राजदूत बनाउन माग

लेबनानी मूलकी अमेरिकी पोर्नस्टार मिया खालिफालाई साउदी अरबका लागि अमेरिकी राजदूतको जिम्मेवारी दिनुपर्ने पक्षमा केही अमेरिकीले लबिङ गरेका छन् । इस्लाम मूलकी खालिफालाई राजदूत बनाएर साउदी अरब पठाउनुपर्ने भन्दै उनीहरूले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पलाई निवेदन बुझाइसकेका छन् ।
वेबसाइट चेन्ज डट ओआरजीमार्फत खालिफालाई राजदूत बनाउनुपर्ने माग राखी लेखिएको पत्रमा तीन हजारभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् । संसारका विभिन्न संस्कृतिको अनुभव सँगालिसकेकी खालिफा राजदूत बन्न उपयुक्त पात्र भएको भन्दै निवेदनमा हस्ताक्षर गर्नेले यसप्रति ट्रम्पको ध्यानाकर्षण गराएका छन् ।
‘निर्वाचनअघि ट्रम्पले आफू विजयी भए अमेरिकामा मुसलमानहरूलाई आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले मुसलमान समुदायप्रति नरमभाव राख्ने खालको भाषण गरेर पहिले आफूले गरेका प्रतिबद्धता पूरा नगर्ने संकेत गरे । यसैको विरोधमा पहिलेका उनका समर्थकले उनीसमक्ष यस्तो निवेदन पेश गरेका हुन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment