एड्स पत्ता लगाउने पेनड्राइभ

सोमबार, २० मङि्सर २०७३, ०४ : ३१ शुक्रवार , Kathmandu
एड्स पत्ता लगाउने पेनड्राइभ

बेलायतका वैज्ञानिकहरूले एउटा यस्तो पेन ड्राइभको विकास गरेका छन्, जसमा रगत हालेर सजिलैसँग एचआईभी संक्रमणको परीक्षण गर्न सकिन्छ । बेलायतको लन्डनस्थित इम्पेरियल कलेज तथा डीएनए इलेक्ट्रोनिक्सका वैज्ञानिकहरूले संयुक्त रूपमा यस्तो पेनड्राइभको आविष्कार गरेका हुन् ।
यो पेनड्राइभभित्र रगतको थोपा हालिसकेपछि पेनड्राइभलाई कम्प्युटर वा ल्यापटपमा घुसारेर एचआईभी वानको मात्रा पत्ता लगाउन सकिन्छ । यो डिभाइस एचआईभी संक्रमितलाई आफ्नो उपचारमा निकै लाभदायक हुने अपेक्षा गरिएको छ ।
साइन्टिफिक जर्नल नामक एक जर्नलमा प्रकाशित रिपोर्टअनुसार यूएसबीद्वारा गरिने जाँच निकै सटिक छ र केवल आधा घण्टामै जाँचको नतिजा प्राप्त गर्न सकिन्छ । अहिले एचआईभी एड्सको परीक्षणका लागि उपलब्ध प्रयोगशाला परीक्षणबाट जाँचको नतिजा प्राप्त गर्न करिब तीन दिन लाग्छ ।
वैज्ञानिकहरूले यो पेनड्राइभमा ९ सय ९१ थरी रक्त नमुनाको परीक्षण गरेका थिए । जसमा ९५ प्रतिशत जाँचको नतिजा सही निस्कियो र नतिजा निस्किने औसत समय २१ मिनेट थियो । यो पेनड्राइभमा रगतका केही थोपा हालिन्छ । पेनड्राइभमा लगाइएको मोबाइल चिप ल्यापटप तथा कम्प्युटरसँग जोडिएर इलेक्ट्रोनिक सिग्नल पैदा गर्दछ र पेनड्राइभले एचआईभी भाइरस पत्ता लगाउँछ ।
वैज्ञानिकहरूका अनुसार एड्स पत्ता लगाउने यो पेनड्राइभले चिकित्सा क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ । मेडिकल ल्याब नभएका दूरदराज तथा दुर्गम क्षेत्रमा एड्सको परीक्षणका लागि यो पेनड्राइभले ठूलो सहयोग गर्नेछ ।
योे पेनड्राइभ प्रविधि अहिले निकै प्रारम्भिक अवस्थामा छ र यसलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन केही समय लाग्नेछ ।

Leave A Comment