समस्यामा मोरिन्हो

सोमबार, २० मङि्सर २०७३, ०४ : २९ शुक्रवार , Kathmandu
समस्यामा मोरिन्हो

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होसे मोरिन्होमाथि खेल भावनाविपरीत गतिविधि गरेको आरोप लागेको छ । फुटबल एसोसिएसन (एफए)ले प्रशिक्षक मोरिन्होमाथि इंग्लिस प्रिमियर लिगअन्तर्गत गत आइतवार राति वेस्ट ह्यामसँगको खेलमा खेल भावनाविपरीत गतिविधि गरेको आरोप दर्ता गरेको हो । तर, उनले सफाइ दिने मौका भने पाउनेछन् ।
यो खेलमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो । पउल पोग्बालाई रेफ्री जोन मोसले पहेँलो कार्ड देखाएपछि प्रशिक्षक मोरिन्होले पानीको बोतल मैदानमा फालेका थिए । रेफ्रीले उनलाई तत्कालै रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए ।  मोरिन्हो कारबाहीमा परेको यो पहिलो पल्ट होइन । उनी गएको महिना बर्नलीसँगको गोलरहित बराबरीको क्रममा पनि कारबाहीमा परेका थिए ।

 

Leave A Comment