किरा खुवाउने सजाय

सोमबार, २० मङि्सर २०७३, १० : ०५ शुक्रवार , Kathmandu
किरा खुवाउने सजाय

सुम्पिएको जिम्मेवारीप्रति जिम्मेवार रहन कर्मचारीलाई बाध्य बनाउने गरी पुरस्कार अथवा दण्डको व्यवस्था गर्ने चलन संसारभरि छ । तर, चीनको साङ्क्सी प्रान्तस्थित हल्जहोङ कम्पनीले टार्गेट पूरा नगर्ने कर्मचारीलाई घिनलाग्दो किसिमको सजाय दिएको छ ।
कम्पनीले उत्पादन गरेका सामग्री बिक्री गर्ने केही सेल्सम्यानहरूले टार्गेट पूरा नगरेपछि उनीहरूलाई जिउँदो किरा ख्वाइएको छ । ‘कम्पनीका धेरै सेल्सम्यानले टार्गेट पूरा गर्न नसकेपछि कम्पनीका मालिक बहुतै रिसाए । एउटा टार्गेट मिस गरेबापत सम्बन्धित कर्मचारीलाई स्याउँस्याउँ गर्ने चार वटा किरा ख्वाउने आदेश उनले दिए । उनको आदेशबमोजिम किरा खरिद गरियो र टार्गेट पूरा नगर्ने कर्मचारीलाई ख्वाइयो,’ समाचारमा भनिएको छ । सुपरभाइजरले सेल्सम्यानहरूलाई किरा ख्वाएका थिए । किरा खाने सेल्सम्यानमध्ये एकजना गर्भवती छिन् । कर्मचारीलाई कम्पनीले यस्तो कठोर दण्ड दिएको समाचार बाहिर आएपछि कम्पनीको चौतर्फी आलोचना भइरहेको छ ।

Leave A Comment