रौतहटमा निशुल्क स्वास्थ्य शिविर हुँर्दै

आइतबार, १९ मङि्सर २०७३, १२ : ०९ शुक्रवार
रौतहटमा निशुल्क स्वास्थ्य शिविर हुँर्दै

शान्ति इन्टरटेन्मेन्टले रौतहटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाका नेपाल संयोजक विकास चौधरीले मंसिर अन्तिम साता रौतहटको सन्तपुरमा स्वास्थ्य शिवर सञ्चालन गर्ने जानकारी दिए। त्यस क्षेत्र वरपरका कम्तीमा एक हजार ब्यक्तिको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उनले बताए।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले सर्लाहीको बरथवामा न्यानो कम्बल वितरण गर्ने जनाएको छ। 'रौतहटको स्वास्थ्य शिविरपश्चा हामीले सर्लाहीको बरथवामा रहेका विपन्न परिवारलाई कम्बल वितरण गर्नेछौं,' उनले भने, 'अत्याधिक चिसोका कारण वर्षेनि सयौं नेपालीहरुको मृत्यु हुनेगरेकाले बेलैमा त्यस्ता परिवारलाई कम्बल वितरण गर्न लागेका हौं।'

सो संस्थाले राजधानीमा रक्तदान कार्यक्रम पनि आयोजना गर्ने संयोजक चौधरीले बताए। नृत्य निर्देशक संघ र चलचित्र विकास बोर्डको सहयोग र रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना हुने उनले बताए।

संगीत पाठशालाको रुपमा खोलिएको उक्त संस्थाले संगीतप्रति रुची राख्नेहरुका लागि निशुल्क कक्षा सञ्चालन पनि गर्ने जनाएको छ। पुसको पहिलो सातादेखि उक्त कार्यक्रम आयोजना हुने संयोजक चौधरीले जानकारी दिए। 'संगीत सिक्दा मैले धेरै कुरा भोगेको छु। चाहना हुँदाहुँदै पनि आर्थिक समाजिक कारणले मेरो संगीत सिक्ने चाहना तुहिन्थ्यो। तर आज मैले अरुलाई सिकाउनसक्ने भएको छु। संगीतलाई साँच्चै माया गर्नेहरुले त्यस्तो भोग्न नपरोस् भनेर तीन महिने निशुल्क कक्षा सञ्चालन गर्न लागेका हौं,' संगीताकारसमेत रहेका विकास चौधरीले बताए।

कार्यक्रममा शान्ति इन्टरटेनमेन्टका सल्लाहकार गीतकार ज्ञानेन्द्र गदाल र गायक मुरारी भट्टराई सम्मान गरिएको थियो। गीत संगीत क्षेत्रमा उहाँहरुले पुर्‍याएको योगदानको कदर गर्दै शान्ति इन्टरटेन्मेन्टले तीवै स्रष्टालाई सम्मान गरेको हो। उनीहरु सो संस्थाका सल्लाहकार पनि हुन्।

Leave A Comment