चुरोटकी अम्मली जोली

आइतबार, १९ मङि्सर २०७३, ११ : ५१ शुक्रवार , Kathmandu
चुरोटकी अम्मली जोली

अभिनेता ब्राड पिटसँग सम्बन्ध विच्छेद भएपछि कानुनी प्रक्रिया लगायतका झन्झटका बीच अभिनेत्री एन्जेलिना जोली चुरोटको कुलतमा फसेकी छिन् । अहिले उनी चेन स्मोकर बनेको उनीनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
सम्बन्ध विच्छेदपछिको तनावपूर्ण अवस्थामा चुरोटलाई सहारा बनाउन खोज्दा उनी चेन स्मोकर बनेकी हुन् । कुनै समय उनी लागुऔषध दुव्र्यसनीसमेत थिइन् ।
‘केही वर्षअघि मात्रै उनले क्यान्सरबाट जोगिन शल्यक्रिया गराएकी थिइन् । डाक्टरहरूले उनलाई कुनै पनि नशालु पदार्थबाट टाढा रहन सुझाव दिएका थिए । तर, अहिले उनको हातमा जुनसुकै बेला पनि चुरोट हुन्छ । उनी चुरोटबिना एक छिन पनि बस्न नसक्ने जस्तै भएकी छिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment