पाश्र्वसंगीतमा चम्किरेहका तीन नाम

आइतबार, १९ मङि्सर २०७३, १० : ५३ शुक्रवार , Kathmandu
पाश्र्वसंगीतमा चम्किरेहका तीन नाम

–राधिका अधिकारी

पछिल्लो समय नेपाली गीत संगीतमा नयाँ–नयाँ प्रयोग गर्न खोज्ने  युवा देखिएका छन् । सांगीतिक क्षेत्रमा झुकाव राख्ने थुप्रै भेटिन्छन् । सबैले सफलता पाउन सकेका छैनन् । हाल नेपाली संगीतमा तीन युवाको निकै चर्चा छ । चलचित्र संगीतमा संगीतकार अर्जुन पोख्रेल, राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटा चम्किरहेका छन् ।

अर्जुन पोख्रेल
लोकगीत हुँदै चलचित्र संगीतमा आइपुगेका अर्जुन यो समयका हिट र व्यस्त संगीतकार हुन् । उनले संगीत गरेका ‘म यस्तो गीत गाउछुँ’, ‘म त अलपत्रै पर्छु’, ‘तिम्रो आँखामा आँशु हेरी’, ‘मेरो सुखले दिन ढल्दैन’, ‘मैले तिमीलाई मन पराएको अवस्था हो’ लगायत गीत चर्चामा छन् ।
चलचित्र ‘प्रेमगीत’का लागि अर्जुन आफैँले लेखेको ‘म यस्तो गीत गाउछुँ’ मार्फत उनले वर्षका अधिकांश अवार्ड आफ्नो पोल्टामा पारे । उनको यो गीतलाई युट्युबमा ४६ लाखभन्दा बढी पटक हेरिएको छ ।
कालीप्रसाद बाँस्कोटा
करिब एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार कालीप्रसाद बाँस्कोटाले संगीत गरेका प्रायः सबै गीत चचित छन् । संख्याका हिसाबले उनले करिब ४० वटाजति गीतमा संगीत गरेका छन् ।
नयाँ प्रयोग गर्न रुचाउने बाँस्कोटाको ‘पारि त्यो डाँडामा हेर’ गीत भाइरल नै बन्यो । यस गीतको लोकप्रियताले उनी देशभित्र र बाहिरका कार्यक्रममा ‘वान्टेड’ बने । हाल फिल्म ‘पुरानो डुंगा’ ‘निर जैले रिसाउनी’ बोलको गीत पनि संगीतप्रेमीहरूको मुखमा झुन्डिएको छ ।
एउटै गीत सबै पुस्ताले मन पराउने बन्नुको कारणबारे उनी भन्छन्, ‘शब्द शालीन प्रयोग गरे त्यसले वृद्धवृद्धालाई आकर्षित गर्छ । माया–प्रेम मिसाए त्यसमा युवा पुस्ता मोहित हुन्छन् । सरल र सरसर बग्ने शब्द भए त्यसले बालबालिकालाई आकर्षित गर्छ ।’ उनका अनुसार साना बालबालिकाले गाए त्यसप्रति परिवारका सबैको ध्यान जान्छ । उनी थप भन्छन्, ‘लय लोक भए त्यो गाउँगाउँ पुग्छ । लोकमा फ्युजन भए त्यो शहरमा पनि सुनिइन्छ । नयाँ ट्युन र लयमा सुन्दर संयोजन भए त्यो जिब्रोमा झुन्डिन्छ । अनि, त्यही गीत भाइरल हुन्छ ।’

राजनराज शिवाकोटी
संगीतकार राजनराज शिवाकोटी संगीतमा अलि अगाडि नै आएका हुन् । गीतमा नयाँ प्रयोग गर्न रुचाउने उनले लोकगीतमा तेहरीसम्मको प्रायोग गरे । केही गीतमा संगीत गरेका, केही आफँैले गाएका यी संगीतकारलाई भने चिनिन समय लाग्यो ।
उनले गत वर्ष फिल्म ‘वडा नम्बर ६’ का लागि संगीत गरेको ‘सुर्के थैली खै’ गीतको लोकप्रियताको मापन युट्युबमा यसको दर्शक संख्याले गर्छ । उनको यो गीतलाई सबै खाले स्रोताले मन पराए । राजन आफैँले लेखेको गीतले युट्युबमा करोडभन्दा बढी दर्शक कमाउन सफल भयो । वर्षका केही अवार्ड यो गीतमार्फत उनले आफ्नो पक्षमा पार्न सफल भए । त्यस्तै, उनकै शब्द, संगीत तथा स्वर रहेको ‘पूर्व–पश्चिम रेल’ पनि अहिले निकै चर्चामा छ ।

 

Leave A Comment