दोस्रो इनिङ सुरु गर्दै नोकिया

शनिबार, १८ मङि्सर २०७३, ०३ : ३३ शुक्रवार , Kathmandu
दोस्रो इनिङ सुरु गर्दै नोकिया

कुनै समय मोबाइल बजारमा एकछत्र राज गरेको नोकियाले स्मार्टफोन बनाउने भएको छ । वर्षौ पहिले नोकियाले चर्चित मोबाइल सेटहरू बजारमा ल्याएको थियो । तर, विभिन्न कम्पनीका स्मार्टफोनहरूको उदयसँगै नोकिया क्रमशः बजारबाट विस्थापित हुन पुग्यो ।
सिस्टम अपडेट गर्न नसकेर बजारबाट टाट पल्टिन लागेको नोकियालाई माइक्रोसफ्ट कम्पनीले ७ दशमलव ६ विलियन अमेरिकी डलरमा किनेको थियो । पछिल्ला दिनमा नोकियाले स्मार्टफोन उत्पादन गर्ने हल्ला बजारमा चलेको थियो । त्यो हल्लालाई सही साबित गर्दै नोकियाले सन् २०१७ मा आधिकारिक रूपमै स्मार्टफोन बजारमा भिœयाउने घोषणा गरेको छ ।
नोकिया आफैँले स्मार्टफोन निर्माण गर्न लागेको भने हैन । एचएमडी नामको कम्पनीले नोकियाकै पेटेन्ट र ब्रान्डिङको प्रयोग गरेर स्मार्टफोन बनाउन लागेको हो । यी मोबाइल सेट विश्वको सबैभन्दा प्रचलित अपरेटिङ सिस्टम ‘एनड्रोइड सिस्टम’ अन्तर्गतको हुनेछ ।
कम्पनीले स्मार्टफोन निर्माणको घोषणा गर्दा फोनमा समावेश हुने विषेशता भने सार्वजनिक गरेको छैन । कम्पनीका अनुसार अर्को वर्षको फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने ‘मोबाइल वल्र्ड क्राइग्रेस’मा मोबाइलमा समावेश हुने विषेशताहरू सार्वजनिक गरिने बताइएको छ ।

Leave A Comment