कलर्सले ल्यायो ८५ प्लस र पी ८५

शुक्रबार, १७ मङि्सर २०७३, १० : ४८ शुक्रवार , Kathmandu
कलर्सले ल्यायो ८५ प्लस र पी ८५

कलर्स मोबाइलले फिंगर सेन्सर भएको नयाँ मोबाइल बजारमा ल्याएको छ । प्राइड पी ८५ नामक स्मार्ट मोबाइल सम्बन्धित व्यक्तिको औँलाले छोएपछि मात्र खुल्नेछ । नेपालमै पहिलो पटक फिंगर प्रिन्ट सेन्सरयुक्त स्मार्टफोन अत्यन्त छरितो र स्टाइलिस डिजाइन रहेको कम्पनीले दाबी गरेको छ ।
मोबाइलको प्याटनलाई सुरक्षित गर्न ० दशमलव ००३ सेकेन्डमा खुल्ने बनाएको छ । यो फोन फिंगर प्रिन्टको स्पर्शमा मात्र चनाखो नभई कलर्स मोबाइलले अन्य फिचरमा पनि विशेष ध्यान दिएको छ । यसमा तेब्बर एलईडी फ्ल्याससहितको ८ मेगा पिक्सलको क्यामरा पछाडि र ५ मेगा पिक्सलको क्यामरा अगाडि जडान गरेको छ ।
मोबाइलमा १ दशमलव ३ गिगाहर्जका कोर प्रोसेसर, १ जीबीको मेमोरी, २५ सय एमएएच क्षमताको ब्याट्री रहेको छ । यो मोबाइल ११ देखि १२ हजार रुपैयाँमा बजारमा पाइने कलर्स मोबाइलका बजार प्रबन्धक राजजँग थापाले बताए ।

ओप्पो ‘ए ३७’ सस्तियो
सेल्फी क्यामेरा र अत्याधुनिक प्रविधिले सुसज्जित ओप्पो ‘ए ३७’ को मूल्य घटेको छ । कम्पनीले ५ इन्च आईपीएस डिस्प्ले सहितको ओप्पो ‘ए ३७’ लाई २० हजार ४ सय ९० रुपैयाँ मै खरिद गर्न सकिने जनाएको छ । यसअघि उक्त फोनको मूल्य २२ हजार ६ सय ९० रुपैयाँ थियो । ५ मेगापिक्सेल क्षमताको फ्रन्ट फेसिङ क्यामेरा सहितको ‘ए ३७’मा अटो फोकस सुविधाको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामरासमेत छ । फोनमा २ जीबी ¥याम र १६ जीबी रोम रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबीसम्म क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।

तीन दिनमा हजारभन्दा बढी आइफोन बिक्यो
एप्पल कम्पनीको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको तीन दिनमै १ हजार ८ सय ३० युनिट बिक्री गरेको छ । कम्पनीको आधिकारिक विक्रेता इभो स्टोर, फ्युचर वल्र्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटल हुन् ।
कम्पनीले सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्न सकिने हुँदा आधिकारिक आइफोन खरिद गर्न आग्रह गरेको छ । अनधिकृत रूपमा आयातीत फोन खरिद नगर्न आग्रह गर्दै कम्पनीले आईएमईआई दर्ता भएका मोबाइल मात्र खरिद गर्नुपर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

न्युरोडमा लाभाको एक्सक्लुसिभ सोरुम
चिनियाँ मोबाइल कम्पनी लाभाले न्युरोडमा टच एन्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम सञ्चालनमा ल्याएको छ । उक्त सोरुमको लाभा इन्टरनेसनल हङकङका ओभरसिज बिजनेस म्यानेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहीवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा अम्बे ग्रुपका प्रबन्ध निर्देशक न्यौपानेले अघिल्लो वर्षको तुलनामा लामा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment