फेमिलियरका आयुर्वेदिक उत्पादन बजारमा

शुक्रबार, १७ मङि्सर २०७३, १० : ४१ शुक्रवार , Kathmandu
फेमिलियरका आयुर्वेदिक उत्पादन बजारमा

स्वदेशी  आयुर्वेदिक जडीबुटीजन्य सामग्रीको उत्पादन तथा बजारीकरण गर्दै आएको फेमिलियर ब्रान्डले दुई वटा नयाँ उत्पादन बजारमा ल्याएको छ । फेमिलियरले अग्र्यानिक ग्रिन टी र ग्लिसिरिन बजारमा ल्याएको हो । वल्र्ड मार्ट युनिक सोलुसनले भक्तपुरमा आयोजना गरेको ब्युटिसियनहरूको जिल्ला सम्मेलनमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले ती उत्पादनहरू सार्वजनिक गरे ।
उत्पादन सार्वजनिक गर्दै उपाध्यक्ष ढुंगेलले युवाहरूलाई रोजगारीको वातावरण बनाउँदै गएकोमा ब्रान्डको प्रशंसा गर्दै अग्र्यानिक वस्तु उत्पादन र बजारीकरणको अभियानमा सबैले साथ दिनुपर्ने बताए । कार्यक्रममा कम्पनीले विगत लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय पाँच जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा सरिता भुजु, सत्यभामा प्रजापति, मेनुका प्रधान, सहाना प्रधानाङ, र अनीता प्रधान छन् ।
कार्यक्रममा स्वदेशी आयुर्वेदिक उत्पादनबाट उत्पादित सामग्रीको प्रयोग तथा प्रदर्शनीसमेत गर्दै स्वदेशी आयुर्वेदिक उत्पादन र त्यसले स्वास्थ, सौन्र्दय र राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावको बारेमा अन्तरक्रिया पनि गरिएको थियो ।

 

Leave A Comment