हिमायतीलाई नेताको सहयोग

शुक्रबार, १७ मङि्सर २०७३, १० : ३० शुक्रवार , Kathmandu
हिमायतीलाई नेताको सहयोग

दुई दशकपछि जागेको सांस्कृतिक समूह हिमायतीलाई एमालेका केन्द्रीय सदस्य तथा मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आफू धरानमा अध्ययन गर्दा हिमायतीबाट धेरै कुरा सिकेको र धरान नै आफ्नो राजनीतिको ‘टर्निङ प्वाइन्ट’ भएकाले पुनः जागेको हिमायतीलाई सहयोग पुगोस् भनेर नगद प्रदान गरेको कार्कीले बताए । हिमायतीका अध्यक्ष हर्क चुम्मेले सहयोगप्रति आभार प्रकट गर्दै कलाकारलाई व्यावसायिक बनाउने अभियानमा सो रकम खर्च गर्ने बताए । पहिला माले र पछि एमालेको भातृ संगठनका रूपमा सञ्चालित हिमायतीले अब भने पार्टीभन्दा अलग रहेर जनताका गीत गाउने घोषणा गरिसकेको छ ।

 

Leave A Comment